काठमाडौं, ९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका भनिएका चार जना मन्त्रीहरुलाई पदबाट मुक्त गरेका छन् । आज (शुक्रबार) साँझ मुख्यमन्त्री लामाले राजीनामा दिएको भनिएका चार जना मन्त्रीहरुलाई संविधानको धारा १६९ को (२) को ख बमोजिम पदमुक्त गरेका हुन् ।
यसरी पदमुक्त हुने मन्त्रीहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारणमन्त्री मदु कुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटनमन्त्री विमलचन्द्र ठकुरी रहेका छन् । यी चारै जना मन्त्रीहरुले दलको नेताबाट मुख्यमन्त्री लामालाई हटाउनको लागि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
इन्द्र बानियाँको नेतृत्वमा २१ जना सांसदहरुले मुख्यमन्त्री लामालाई हटाउने प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुको यो कदमपछि मुख्यमन्त्री लामाले मन्त्रीहरुको राजीनामा स्विकृत नगरी बर्खास्त गरेका हुन् ।




प्रतिक्रिया