विद्या भण्डारीको पक्षमा खुलेपछि युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बित


काठमाडौं, १० साउन । नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बित भएका छन् । एमालेमा विद्यादेवी भण्डारीको राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै खरेल भण्डारीको पक्षमा खुलेका थिए ।

युवा संघले हिजो (शुक्रबार) एक निर्णय गर्दै खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो । युवा संघमा अध्यक्षमा प्रतिष्पर्धा गरेका र पराजय व्यहोरेका सुमन पुरी पनि भण्डारीको पक्षमा खुलेका छन् ।

यस्तै, अनेरास्ववियुको अध्यक्षमा पराजित प्रकाश पौडेलपनि भण्डारीको पक्षमा खुलेका छन् । उनीहरु दुवै जना हिजो भण्डारीले आयोजना गरेको प्रेस मिटमा सहभागी थिए ।