काठमाडौं, १० साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा गुल्मी–काठमाडौं सम्पर्क मञ्च नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ। माओवादी केन्द्रको गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनको अवसरमा उक्त समूह माओवादीमा प्रवेश गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनमा समाहित भएका नेताकार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गरे । नेकपाको सम्पर्क समितिसहित विभिन्न अन्य राजनीतिक दल परित्याग गरेर पनि धेरै नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे ।
माओवादी केन्द्रमा समाहित हुने नेताकार्यकर्ताहरूमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटालगायत रहेका छन् ।






प्रतिक्रिया