काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रिय सभाका दलका नेता कृष्णप्रसाद सिटौलाले सरकारले काम गर्न नसकेको बताएका छन् । तर, सरकारले सोचेजस्तो काम नगरेपनि यसलाई नै निरन्तरता दिईने उनको भनाई छ । आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘सरकारले सोचेजस्तो काम गरेको छैन, तर यो सरकारले निरन्तरता पाउँछ । यसको विकल्पमा अर्को सरकार बन्दैन ।’ यस्तै सिटौलाले पाटीको १५औं महाधिवेशन आगामी २०८३ सको दशैंको आसपासमा हुने बताए । क्रियाशिल सदस्यको समय कायम रहेकोले दशैंअघि महाधिवेशन गर्न सम्भव नभएको उनको भनाई छ । file photo




प्रतिक्रिया