काठमाडौं, ११ साउन । थारू विद्यार्थी समाज केन्द्रिय समितिले एसईईमा उत्कृष्ट नतिजा ल्याउने थारू विद्यार्थीहरूलाई सम्मान गरेको छ । शनिबार ललितपुरको नाईटिंगेल कलेजमा एक कार्यक्रमको आयोजना गरी देशभरका ३।२ जिपिए ल्याउने ८० भन्दा बढी थारू विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
जसमध्ये ४ जिपिए ल्याउने कपिलबस्तुकी प्रिसिला थारू र सप्तरीकी तेजिना चौधरीलाई नगद पुरस्कारसहित सम्मान गरेको थियो । कैलालीको अर्को विद्यार्थीको पुरस्कार तथा सम्मानपत्र जानकी गाउककंपालिकाको प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरीमार्फत प्रदान गरिएको थियो ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र विशिष्ट अतिथिहरूले दोसल्ला र अबिर लगाएर सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सहित थारु समुदायका दर्जनौ संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो । उनीहरूले कार्यक्रममा बोल्दै सम्मानित हुने सबै विद्यार्थीहरूलाई उज्वल भविष्य र सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै समाजका अध्यक्ष विमल चौधरीले यस किसिमको सम्मान कार्यक्रमले समुदायको शैक्षिक उन्नतिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।
साथै उनले कार्यक्रम सफल बनाउन साथ सहयोग गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै आउने दिनमा पनि यस्तै किसिमको साथ सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा थारू कला, संस्कृती र गीतसंगीत मार्फत पुर्याएको योगदानको कदर गर्दै गायक तथा संगीतकार बिबेक चौधरी, गायक बिकास थारू, गायक आर्या चौधरीलगायत सांस्कृतिक प्रस्तुति दिने सम्पुर्णलाई कदरपत्र सहित सम्मान गरेको थियो ।







प्रतिक्रिया