काठमाडौं, ११ साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सन्तोष कुमार पाण्डेय लुम्बिनी प्रदेश सरकारको मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले उनलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।
आर्थिक वर्ष ०८२/०८३ को बजेटमाथि छलफल भइरहेका लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको थियो । आज अचानक मुख्यमन्त्रीले पाण्डेयलाई मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्याालयले पाण्डेलाई मन्त्री नियुक्त गरेको जानकारी प्रदेश प्रमुखको कार्याललाई गराइसकेको छ । नवनियुक्त मन्त्री पाण्डेयको शपथ भोलि (सोमबार) दिउँसो तय गरिएको छ ।




प्रतिक्रिया