भूमि विधेयक फिर्ता लिन सरकारलाई सांसद ज्वालाको सुझाव


काठमाडौं, ११ साउन । नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले भूमि सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । आज (आइतबार) कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले उक्त विधेयक फिर्ता लिन आग्रह गरेका हुन् ।

उनले वास्तविक सुकुमबासी, भूमिहीनहरूले जग्गा पाउनुपर्ने तर भूमाफिया र दलालहरुलाई पोस्ने ढोका बन्द गर्न आग्रह गरे । सकेसम्म विधेयक सरकारले फिर्ता लिनुपर्ने र नसके संशोधनहरू सम्बोधन गरिनुपर्ने उनको भनाइ छ ।

‘वास्तविक सुकुमबासी, भूमिहीनहरूले जग्गा पाउन्, भूमाफिया र दलालहरूलाई पोस्ने ढोका बन्द गरियोस् । त्यसअनुसार भूमि सम्बन्धी विधेयक सके फिर्ता लिइयोस्, नसके संशोधनहरूलाई सम्बोधन गरियोस्,’ ज्वालाले भने । File Photo/RN