टेरामक्स खरिद प्रकरण : दिगम्बर झालाई तीन लाख धरौटीमा छाड्न आदेश


काठमाडौं, ११ साउन । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचारमा मुछिएका तत्कालीन अध्यक्ष दिगम्बर झालाई ३ लाख धरौटीमा छोड्न आदेश दिएको छ । झा आज विशेष अदालतमा हाजिर भएका थिए । उनको बयान सकिएपछि थुनछेक बहस भएको थियो । यस प्रकरणमा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतसमेत मुछिएका छन् । उनीपनि धरौटीमा रिहा भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १ गते बस्नेत र झासहित १४ जना, र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।