काठमाडौं, ११ साउन । नेपाल वायुसेवा निगम आईटिसिटीए २०२५ अवार्डबाट सम्मानित भएको छ । निगमलाई भारतको नयाँ दिल्लीमा आयोजित १०औं इन्टरनेश्नल टुरिजम कन्क्लेभ एण्ड टाभल अवार्डस (आईटिसिटीए) २०२५ को अवसरमा बेष्ट एयरलायन्स अन नेपाल रुटबाट सम्मान गरिएको हो ।
निगमका प्रवक्ता सुवा डाँगीले आज निगमले पाएको उक्त अवार्डबारे जानकारी गराएका हुन् । आईसिएम ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अजय गुप्ता र भारत सरकारकार प्रतिनिधि नासिर असलम वानीले संयुक्त रुपमा उक्त अवार्ड निगमलाई प्रदान गरेका हुन् । निगमको तर्फबाट भने उक्त अवार्ड नयाँ दिल्लीस्थित् कार्यालयका प्रतिनिधिहरु कमल ज्ञवाली, रमन निरौला र भानुभक्त कटुवाललगायतले ग्रहण गरेका थिए ।
यस्तो छ निगमले जारी गरेको अवार्ड प्राप्तिको विज्ञप्ती:




प्रतिक्रिया