लुम्बिनीका नवनियुक्तमन्त्री पाण्डेयले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं, १२ साउन । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (सोमबार) उनले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

लुम्बिनीका मुख्यमन्त्री आचार्यले हिजो (आइतबार) पाण्डेयलाई मन्त्री नियुक्त गरेका थिए । पाण्डेय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद हुन् ।