माओवादीबारे भइरहेको टिकाटिप्पणीप्रति जनार्दन शर्माको गम्भीर ध्यानाकर्षण


काठमाडौं, १२ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीबारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा भइरहेको टिकाटिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकार्षण भएको छ । हालै जनार्दनले दिएको एक अभिव्यक्तिको कारण माओवादी हेडक्वार्टर असन्तुष्ट बनेको बताईन्छ।

जनार्दनले कम्युनिष्ट नेताहरु प्रधानमन्त्री बनेपनि मनमोहन अधिकारीबाहेक अरु सबैले असुली धन्दा चलाएको दाबी गरेका थिए । जनार्दनको यही अभिव्यक्तिबाट अध्यक्ष पुष्पकमल दाहाल बिच्किएका छन् । अहिले सामाजिक सञ्जालमा आरोपप्रत्यारोप चलिरहेको छ ।

यही सन्दर्भमा जनार्दनले आफ्नो अनुकुल व्याख्या गर्नुभन्दा समग्र पष अध्ययन गर्न सबैमा आग्रह गरेका छन् । उनले फेशबुकमा लेखेका छन्–‘हाम्रो पार्टी बारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा भइरहेको टीका टिप्पणी प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु।’