सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिने


काठमाडौं, १२ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिने भएका छन् । साउन १५ गते (बिहीबार) ५ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने तयारी रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीले असार तेस्रो साता सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दल बाहिरिएपछि सरकार प्रमुखले विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान रहेको छ ।