प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानको भ्रमण स्विकृत


काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तानको भ्रमण स्विकृत भएको छ । आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्विकृत गरेको हो ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल साउन १८ गतेदेखि साउन २३ गतेसम्म हुने एलएलडीसी थ्री सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाने भएको हो । भू-परिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन तुर्कमेनिस्तानको अभाजामा हुँदैछ ।