सिन्धुलीबाट बेपत्ता भनिएको हायु परिवार पोखरामा भेटिए


काठमाडौं, १२ साउन । सिन्धुलीको गोलन्जोरबाट हराएको भनिएको हायु परिवार सकुशल भेटिएको छ । उनीहरु कास्कीको पोखरा महानगरपालिका–३० गोगनगौंडास्थित स्थानीयको घरमा भेटिएका हुन् ।

कास्की प्रहरीका अनुसार स्थानीय चन्द्र भण्डारीको घरमा ४ जना र सोमनाथ पौडेलको घरमा बाँकी १२ जना भेटिएको हुन् । उनीहरु सबैजना आफ्नो स्वईच्छाले गाउँ छाडेर हिडेको खुलेको छ । उनीहरुले आफ्नो गाउँ मन नपरेकोले छोडेको खुलेको छ ।