काठमाडौं, १२ साउन । नेकपा (एमाले) का उपाध्यक्ष गुरुप्रसाद बरालले प्रधानमन्त्री एवम केपी शर्मा ओलीले विद्यादेवी भण्डारीलाई रातो कार्पेट पनि नराखेको र प्रतिशोधपूर्ण निर्णय पनि नलिएको स्पष्ट पारेका छन् । उनले विद्या भण्डारीको एमालेमा सक्रिय हुने विषयमा केन्द्रीय कमिटीले गरेको निर्णयको समेत बचाउ गरे ।
आज (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । बरालले आजको दिनमा एमालेको अध्यक्षमा केपी शर्मा ओलीको विकल्पको बारेमा सोच्नपनि नसकिने बताए । उनले ११औं महाधिवेशनमा समेत ओली नै अध्यक्षपनि बन्नसक्ने बताए ।
एमाले आफ्नै कारणबाट सवल हुने र एमालेभित्रको बहसपनि पार्टीले नै हल गर्ने भन्दै धेरै पार्टीको आन्तरिक जीवनबारे चर्चा गरेर समय खेर फाल्न नहुने उनको तर्क छ । उनले एमालेलाई सिध्याउन खोजेकाहरु र आफ्नो पार्टी सदस्यतासमेत खारेज गरेकाहरुबाट एमालेलाई अध्यक्ष ओलीले नै जोगाएको दाबी गरे । चुनावमार्फत बलशाली बनाएको र अहिले सरकारको नेतृत्वमा समेत ओलीले नै पुर्याएको उनको भनाई छ ।




प्रतिक्रिया