काठमाडौं, १३ साउन । नेकपा (एमाले) का उपाध्यक्ष गुरुप्रसाद बरालले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको कारणले पार्टी नफुट्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओली–भण्डारीका कारण पार्टी झनै समृद्ध, सुदृढ र सवल हुने बताएका हुन् ।
‘कतै लेखेर राख्नुपर्ने भए लेखेर राखौंला । नभए दुनियाँलाई थाहा पाउनेगरी भनिराखौं– पार्टी पुट्दैन, फुट्ने दिशामा कतै जाँदैन । ढुक्क भएर सबै नेकपा (एमाले) का कार्यकर्ताहरु, शुभेच्छुकहरु र आम नेपाली जनताले यो कुरा प्रष्ट बुझे हुन्छ, पार्टी अहिलेको यो चालु मुद्दाबाट समृद्ध, सुदृढ र सबल हुन्छ । फुट्दैन,’– उनले भने ।
विद्या भण्डारीले पार्टीमा आउँछु, सहयोग गर्छु र अगाडि बढाउँछु भनेको तर पार्टी अध्यक्ष हुन्छु, भावी प्रधानमन्त्री बन्छु भनेर कहिले पनि नभनेको उनको भनाइ छ । उनले यसलाई आनावश्यक कुराको संज्ञा दिए । भण्डारीले एमालेलाई थप माया गरेको उनको दाबी छ ।




प्रतिक्रिया