काठमाडौं, १३ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहन बानियाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सदस्य रहेको र सम्मानित नेता भएको बताएका छन् । तर, पार्टी सदस्यता नवीकरणको विषयमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले बढि जान्ने उनको भनाई छ ।
तर, आफूहरुले बुझ्दाखेरि विद्या भण्डारी पार्टीकै नेता भएको उनको तर्क छ । प्राइम टिभीको कार्यक्रम ‘प्राइम सम्वाद’ मा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले पार्टीभित्र बोल्ने अधिकार कसैको पनि कुण्ठित गर्न नहुने बताए । बोल्नेजति सबैलाई कारबाही गर्नुपर्छ भन्ने कुरा गलत हुने उनको भनाई छ ।
तर, पार्टीलाई बदनाम गराउने काम भए त्यस्तालाई कारबाही हुनुपर्ने उनको पनि मत छ । उनले अध्यक्ष केपी शर्मा ओलीको अझै डिमाण्ड (माग) नघटेको बताए । उनले आगामी ११औं महाधिवेशन ओलीले लिड गरेको खण्डमा एमालेले राष्ट्रिय राजनीतिमा मियोको रुपमा भूमिका खेल्नसक्ने तर्क गरे ।
उनले विद्या भण्डारीलाई एमालेको माया छ भने यो पार्टीलाई विग्रहतिर लैजाने चेष्टा नगर्ने विश्वास दिलाए । भण्डारीको सक्रिय राजनीतिमा फर्कने विषयमा एमालेको केन्द्रीय कमिटीले गरेको निर्णयपछि जारी अपानि सबै कार्यकर्ताहरुले पालना गर्नुपर्ने बानियाँको मत छ ।




प्रतिक्रिया