देउवाको गृहप्रदेश पुगेर प्रधानमन्त्री ओलीले भने : कांग्रेससँगको सहकार्य ०८४ सम्म जान्छ


काठमाडौं, १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको सहकार्य ०८४ को निर्वाचनसम्म नै कायम हुने दाबी गरेका छन् । उनले अहिलेको सत्ता सहकार्य राम्रोसँग चलिरहेको भन्दै यो गठबन्धन चुनावसम्म तलमाथि नहुने स्पष्ट पारेका छन् । सुदूरपश्चिममा आज (मंगलबार) सभापति रवि लामिछानेलाई प्रतिशोध राखेको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानप्रति कटाक्ष गरेका छन् । सुदूरपश्चिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तोब ताएका हुन् ।

सो क्रममा उनले रवि लामिछाने थुनामा भएको विषयमा सरकारको कुनै हात नभएको जिकिर गरे । उनले भने,‘विभिन्न प्रकारका अपराध गर्यो। अनि सरकारलाई गाली । सरकार अदालत होइन, अदालतले थुन्छ कि छाड्छ सरकारको हातमा हुँदैन । ठगी गरेपछि अदालतले थुन्छ त हामी के गर्ने ? नचाहिने काम गर्ने बेलामा आँखा नदेख्ने अनि के को प्रतिशोध ?’

उनले रास्वपाले अहिले सभापति लामिछानेविरुद्ध प्रतिशोध भएको भन्दै त्यसको विरुद्धमा चलाएको हस्ताक्षर अभियानको पनि आलोचना गरे । उनले रास्वपाको हस्ताक्षरालाई तथाकथितको संज्ञा दिएका छन् । उनले रास्वपाले यो हस्ताक्षर तीन करोडभन्दा बढि पर्याउनसक्ने भन्दै व्यंग्य गरे । तस्विर स्रोत : प्रम ओलीको सचिवालय