काठमाडौं, १३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीभित्रको विवाद सबै मिलिसकेको दाबी गरेका छन् । उनले पार्टीमा कुनै समस्या नभएको जिकिर गरे । समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,‘हाम्रो पार्टीमा कुनै विरोध छैन । सबै मिलिसक्यो।’
पत्रकारहरुले उपमहासचिव जनार्दन शर्मासँगको विवादबारे सोधेको प्रश्नमा उनले यस्तो बताएका हुन् । प्रचण्डले सार्वजनिक मञ्चबाटै माओवादीमा आफूले कहिल्यैपनि कसैलाई कारबाही नगरेको र जनवादी अभ्यास गर्न दिएको दाबी गर्दै आएका छन् ।
पछिल्लो समय उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको बहस छेडेका छन् । उनले हालै दिएको कम्युनिष्ट नेताहरुबाट भएका प्रधानमन्त्रीमा मनमोहन अधिकारीबाहेक सबैले असुली गरेको र भ्रष्टाचार गरेको भनेर अभिव्यक्ति दिएका थिए । त्यसपछि प्रचण्डसँग उनको दूरी बढेको अनुमान छ । अहिले माओवादीमा नेता तथा कार्यकर्ताहरु दाहाल र शर्माको पक्ष विपक्ष भनेर आरोपप्रत्यारोपमा उत्रिएका छन् ।




प्रतिक्रिया