आठ करोड ३२ लाखमा इलाका प्रशासन भवन निर्माण


भोजपुर,  १४ साउन ।  षडानन्द नगरपालिकाको दिङ्लामा रु आठ करोड ३२ लाख लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ ।   

इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मङ्गलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जानकारी दिए । यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । रासस