काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रका सचिव दीनानाथ शर्माका अनुसार आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा पार्टी संगठन सम्बन्धि र मध्यपहाडी अभियानबारे छलफल हुने बताइएको छ । साथै, पार्टीको महाधिवेशन र स्थायी समिति बैठकका एजेन्डासमेत बैठकले तय गर्ने बताइएको छ ।




प्रतिक्रिया