विद्या भण्डारीलाई मैले उतिबेला नै राष्ट्रपति नबन्न सुझाव दिएको थिएँ, अहिले उहाँमा धैर्यता देखिएनः महासचिव पोखरेल


काठमाडौं, १४ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफूले विद्या भण्डारीलाई उतिबेला नै राष्ट्रपति नबन्न सुझाव दिएको बताएका छन् । जिफन्टको १२ औँ प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले अहिले भण्डारीमा धैर्यता नदेखिएको बताए । भण्डारीलाई आफूले उनको निवासमै पुगेर राष्ट्रपतिको इच्छा नगर्न सल्लाह दिएको स्मरण गरे ।

‘विद्या भण्डारीको निवासमै गएर आफूले तपाईँले इच्छा नगर्दा राम्रो हुने सल्लाह समेत दिएको तर पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत राष्ट्रपति बनाएको हो,’– उनले भने ।

दुई कार्यकाल राष्ट्रपति भइसकेर पनि अहिले भण्डारीमा धैर्यता नदेखिएको उनले बताए । ‘विरोधका बाबजुद पार्टीले निर्णय गर्‍यो र दुई कार्यकाल राष्ट्रपतिको कार्यकाल पुरा गर्नुभएपछि अब वहाँ राजनीतिमा फर्किनुहोला भन्ने लागेकै थिएन । तर, उहाँमा त्यो धैर्यता देखिएन,’– उनले भने ।