काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको पदाधिकारी बैठक डाकेका छन् । पर्सि (शुक्रबार) बाट सुरु हुने स्थायी कमिटी बैठकको तयारीको लागि दाहालले आज पदाधिकारी बैठक राख्न लागेका हुन् ।
बैठक दिउँसो ४ बजे बस्ने भएको हो । पछिल्लो समय माओवादीभित्र उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डविरुद्ध सार्वजनिक रुपमै प्रहार गर्न थालेका छन् ।
हिजोमात्रै पनि उनले पार्टी नेतृत्वबाट नै आफूमाथि पार्टी विभाजन गर्न लागेको भनेर गलत प्रचार गराएको भनेर आलोचना गरेका छन् । शर्माले विशेष महाधिवेशनको माग गरेका छन् ।




प्रतिक्रिया