काठमाडौं, १४ साउन । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरु सशक्त आन्दोलनको तयारीमा रहेको बताएका छन् । संघीय शिक्षा ऐन ल्याउनका लागि आफूहरुले साउन २१ गतेसम्मको समय सरकारलाई दिएको बताउँदै उनले त्यसपछि केन्द्रीय समितिको बैठक बसेर निर्णायक आन्दोलन बारे निर्णय गरिने बताए । उनले गत चैत र वैशाखमा भएको २९ दिने आन्दोलन भन्दा पनि अबको आन्दोलन कडा हुने बताए ।
‘कस्तो खालको विधेयक दर्ता गर्छन्, तोकिएको समयभित्र विधेयक दर्ता हुन्छ कि हुँदैन । हामीले २१ गतेसम्मका लागि समय दिएका छौं । त्योभित्र दर्ता भएन भने हामी केन्द्रीय समिति बस्छौं । त्यसपछि कसरी अगाडि जाने र कस्तो आन्दोलन गर्ने भन्ने निर्णय हुन्छ । अब हामी आन्दोलनमा गयौं भने अस्तीको आन्दोलनभन्दा कडा आन्दोलन हुन्छ,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।
अस्थायी प्रकृतिका शिक्षक, ईसीडीका शिक्षक, विद्यालय कर्मचारीहरुको समस्यामा कुरा नमिलेको उनले बताए । त्यस्तै, बढुवा, दरबन्दी मिलान र व्यवस्थापन सम्बन्धी कुराहरुमा पनि विवाद रहेको उनले बताए ।




प्रतिक्रिया