काठमाडौं, १४ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले तीन जना मन्त्री नियुक्ति गरेका छन् । मुख्यमन्त्री तामाले आज गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री तामाङ पार्टी संसदीय दलको नेताबाट पदमुक्त भइसकेका छन् । हिजो (मंगलबार) बसेको संसदीय दलको बैठकले तामाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित गरेको थियो । संसदीय दलका नेता चयनको लागि बागमती कांग्रेसले आज निर्वाचनको तयारी गरेको छ । निर्वाचनको पूर्व सन्ध्यामा तामाङले तीन जनालाई मन्त्री नियुक्त गरेका हुन् ।




प्रतिक्रिया