काठमाडौं, १४ साउन । नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका वामदेव गौतम अहिले घरको न घाटको अवस्थामा पुगेका छन् । उनी पार्टीमा तेस्रो वरियतामा भित्रिएपनि अहिलेसम्म उनीसँग भएको सहमतिबमोजिम जिम्मेवारी भने पाएका छैनन् । उनलाई एकीकृत समाजवादीको संगठनको जिम्मा दिने भनिएको कुरा बाहिरिएको थियो ।
झण्डै दुई साता हुन लागिसक्दापनि उनले संगठनको जिम्मेवारी पाएका छैनन् । अध्यक्ष माधवकुमार नेपाल गौतमलाई संगठन विभागको नेतृत्व दिन चाहँदैनन् । अहिले संगठन विभागको प्रमुखमा माधव नेपालका विश्वासिला नेता डा. वेदुराम भुसााल छन् । भुसालको जिम्मेवारी खोसेर गौतमलाई दिन नेपाल अनकनाएका छन् ।
महासचिव घनशयम भुसााल, नेतृ रामकुमारी झाँक्रीहरु भने गौतमलाई दिने भनिएको जिम्मेवारी दिन ढिलाई गर्न नहुने पक्षमा छन् । सम्मानित नेता झलनाथ खनालपनि गौतमलाई जिम्मेवारी दिएर पार्टीलाई गति दिनुपर्ने पक्षमा उभिएका छन् । अहिले पार्टीमा माधव नेपाल घेराबन्दीमा परेका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दा लागेपछि उनीविरुद्ध पार्टीकै नेताहरुले प्रहार गरेका छन् । खनाललगायतका नेताहरुले त नेतृत्वबाट अलग हुनुपर्ने प्रस्ताव पार्टीका फोरमहरुमा राखेको बताईन्छ ।




प्रतिक्रिया