कालीबाबाको उपस्थितिमा पशुपतिको हंसमण्डपमा महायज्ञ सुरू


काठमाडौं। श्री १००८ महामण्डलेश्वर कृष्णानन्द परमहंस स्वामी कालीदास (कालीबाबा) को उपस्थितिमा पशुपतिको हंसमण्डमा श्री दशमहाविद्या रूद्रहवन महायज्ञ सुरू भएको छ। दक्षिण एसिया तथा विश्वका विभिन्न मुलुकमा प्रसिद्धि कमाएका कालीबाबाको उपस्थितिमा १४ गते बुधबार (आजदेखि) उक्त महायज्ञ सुरू भएको हो।

श्री दशमहाविद्या रूद्रहवन महायज्ञ १० दिन साउन २४ गतेसम्म चल्ने आयोजक संस्थाले जनाएको छ। उक्त महायज्ञमा सहभागी हुन कालीबाबा मंगलबार मात्र नेपाल आइपुगेका थिए। उनी पशुपतिको हंसमण्डमै बसेर महायज्ञ सञ्चालन गर्ने दशमहाविद्या रूद्रहवन महायज्ञ मूल समारोह समितिका संयोजक अशोक गौतमले बताए।

सिद्ध योगी अन्तर्राष्ट्रिय संतयज्ञ सम्राट महाडलेश्वर कालिदासजी महाराजको उपस्थितिमा विशाल महायज्ञ सुरू भएको महायज्ञ मूल समारोह समितिले जनाएको छ। हंसमण्डप, बनकाली, देवपत्तनमा सुरू भएको उक्त महायज्ञको भारतबाट पनि विशिष्ट पाहुनाहरूको आगमन हुने गौतमले जानकारी दिए।बुधबार बिहान ७ बजे मैतीदेवी मन्दिरबाट कलशयात्रा सुरू गरेको १२ बजेबाट महायज्ञ सुरू भएको समितिले जनाएको छ।