काठमाडौं, १४ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच एकताको पहल भइरहेको बताएका छन् । आज (बुधबार) पार्टी पदाधिकारी बैठकमा उनले एकताबारे यस्तो ब्रिफिङ गरेका हुन् । एकताको लागि दुवै पार्टीसँग छलफल चलिरहेको प्रचण्डले जानकारी गरएका थिए ।
पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र प्रचण्डबीच निरन्तर भेट र छलफल भइरहेको छ । भेटवार्ताको क्रममा पार्टी एकताबारे छलफल भइरहेको प्रचण्डले बताए ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बैठकले यही शुक्रबारदेखि सुरु हुने स्थायी कमिटी बैठकको बैठकको एजेण्डा तय गरेको छ । प्रवक्ता अग्नि सापकोटाले आजको बैठकमा स्थायी कमिटीको बैठकको लागि के के एजेण्डा लैजानेबारे तय भएको जानकारी दिए ।
उनले भने,‘आजको बैठक अनौपचारिक हो । हामीले साउन १६ गतेबाट सुरु हुने स्थायी कमिटीको बैठकको एजेन्डा तय गरेका छौँ ।’ स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थितिबारे ब्रिफ गर्ने तय भएको उनले जनाए। स्थायी कमिटीको बैठकले नै केन्द्रीय कमिटीको मिति तय गर्नेपनि आजको बैठकमा सहमति भएको छ । File Photo/RN




प्रतिक्रिया