प्रधानमन्त्रीको घोषणा अर्को झुट र हावादारी गफ हो : डा. लोहनी


काठमाडौं, १५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको सुख्खा क्षेत्रको भ्रमणपछि ५ सय डिप बोरिङ राख्ने घोषणा गरेको विषयलाई झुट र हावादारी गफको संज्ञा दिएका छन् ।

उनले सरकारले २०८०/०८१ को आर्थिक वर्षमा जम्मा ६ वटा डिप बोरिङ निर्माण गरेर तीन सय हेक्टरमा सिंचाई गर्ने भनिएको स्मरण गराउँदै अचानक ५ सय बोरिङ गरेर तीन हजार हेक्टरमा सिंचाईंको घोषणाबारे के भन्ने ? भनेर प्रश्न उठाएका छन् ।

उनले यो राजनीतिक भ्ष्टाचार र जनताको जिन्दगीसँग खेलबाड हो भन्दै प्रधानमन्त्री ओलीलाई सोधेका छन्–के यही हो तपाईंको अग्रगमन ?’ लोहनलीले फेशबुकमा लेखेका छन्–