काठमाडौं, १५ साउन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । देउवालाई भेट्न चौधरी आज विहान देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । नाउपाभित्र यतिवेला आन्तरिक किचलो चुलिएको छ ।
हिजोमात्रै राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरेको छ । नाउपाले लालबीर चौधरीलाई अध्यक्ष बनाउने तयारी गरेको चर्चा छ । तर, रञ्जिताले राष्ट्रिय भेलाको निर्णयलाई कथित निर्णय भन्दै नमान्ने चेतावनी दिएकी छिन् ।
उनी उक्त निर्णयविरुद्ध कानूनी लडाईं लड्ने तयारीमा रहेकोसमेत उनीनिकट स्रोतको दाबी छ । रञ्जितामाथि घुस डिलमा संलग्न भएको आरोप छ। मिडियामार्फत नै उनी घुस डिल गरेको अडियो प्रकरणमा मुछिएपछि नाउपाले एक्शन लिएको बताईन्छ ।




प्रतिक्रिया