कारबाहीबारे रञ्जिता अनभिज्ञ, राष्ट्रिय भेलाको वैधानिकतामाथि उठाईन् प्रश्न


काठमाडौं, १५ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले राष्ट्रिय भेलाले गरेको कारबाहीबारे अनभिज्ञ रहेको बताएकी छन् । उनले राष्ट्रिय भेला बोलाउने अधिकार नै अध्यक्षसँग रहेको र आफूले कुनै पनि भेला नबोलाएको बताईन् । नाउपाको हिजो बोलाइएको राष्ट्रिय भेलाले रञ्जितालाई पार्टीको साधारण सदस्य पनि नरहनेगरी कारबाही गरेको थियो ।

‘पार्टीको विषयमा मलाई थाहा छैन । मैले कुनै भेलाहरु बोलाएको छैन । बैठक बसेर निर्णय गरियो भन्दा पनि मैले कुनै पनि बैठक बोलाएको छैन । नागरिक उन्मुक्ति पार्टीको विधि, विधानअन्तर्गत चाहिँ राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाईमात्रै छ । मैले अध्यक्षको हैसियतले कुनै पनि बैठक बोलाएको छैन,’– उनले भनिन् ।