एन आई सी एशिया बैंकका ग्राहकलाई लेट मेइनका विभिन्न सेवाहरु र कोरियन प्रोडक्टहरुमा विशेष छुट उपलब्ध


काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौं नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइनमा विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापछि बैंकका ग्राहकहरुले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।
ग्राहकहरुले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरु (Hair transplant, Facial, Anti-aging treatment, Scar treatment, Acne treatment, Hyperbaric oxygen therapy) मा १० प्रतिशत र कोरियन उत्पादनहरुमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले उक्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । लेट मेइनसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।