रेशम चौधरीले श्रीमतीलाई बर्खास्त गरेर बुवा लालबीरलाई बनाए पार्टीको अध्यक्ष


काठमाडौं, १५ साउन । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालबीर चौधरी चयन भएका छन् । आज (बिहीबार) काठमाडौँको बानेश्वरमा बसेको भेलाले लालवीरलाई पार्टी अध्यक्ष चयन गरेको हो।

हिजो नाउपाको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधरण सदस्यसमेत नरहनेगरि कारबाही गरेको थियो । तर, रञ्जिताले भने उक्त निर्णय नमान्ने भन्दै कानूनी उपचार खोज्ने बताएकी छिन् ।