काठमाडौं, १६ साउन । नेकपा (एमाले) का नेता वचन सिंहले घुस, कमिशन र भ्रष्टाचारमा संलग्न पार्टीका नेताहरुमाथि कारबाही हुनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जतिसुकै शक्तिशाली भए पनि र जुनसुकै ओहदामा भए पनि घुस, कमिशन र भ्रष्टाचारमा संलग्नलाई दण्ड दिइनुपर्ने बताएका हुन् ।
‘घुस खानेकुरा, कमिशन खानेकुरा । भ्रष्टाचार गर्ने कुरा मेरो पार्टीको जतिसुकै शक्तिशाली, जस्तोसुकै ओहदामा बसेको नेता होस्, उसले कानुनी कठघरामा उभिनुपर्छ । उसलाई राज्यले दण्ड दिनुपर्छ । एमाले त्यस्तो पार्टी हो, जसमाथि प्रश्न उठ्छ, उसले मार्ग प्रशस्त गर्नुपर्छ । छानविन गर, म बाहिर बस्छु भन्छ,’– उनले भने ।




प्रतिक्रिया