नेपाल थारू संघ काठमाडौंकाे अध्यक्षमा राजिव चाैधरी सर्वसम्मत


काठमाडौं, १६ साउन । नेपाल थारू संघ काठमाडौं जिल्लाकाे अध्यक्षमा राजिव चाैधरी निर्वाचित भएका छन् ।
बुधबार काठमाडौंमा सम्पन्न भएकाे जिल्लाकाे प्रथम अधिवेशनबाट राजिव चाैधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै संघकाे उपाध्यक्षमा प्रीति चाैधरी, सचिवमा सतिस चाैधरी, सह सचिवमा मुना चाैधरी र काेषाध्यक्षमा राम बाबु पनुहर चाैधरी सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै संघकाे सदस्यमा सुमिना चाैधरी, रञ्जना चाैधरी, पूजा चाैधरी, रमिका चाैधरी, शृष्टि चाैधरी, जाेनिस चाैधरी, सीमा चाैधरी, सुजित चाैधरी सर्वसम्मतिले चयन भएका हुन् ।यसैगरी छन्नुप्रसाद चाैधरी, प्रियंका चाैधरी, श्रवण कुमार चाैधरी, आयुस चाैधरी, विकल्प थारू, सुदिप चाैधरी, कल्पना चाैधरी, रामदेव चाैधरी निर्वाचित भएका छन् भने रेनुका चाैधरी, मन्दिरा चाैधरीलाई अध्यक्षले मनाेनित गरेका हुन् ।

कार्यक्रममा कांग्रेस महाधिवेशन निर्देशक समिति संयाेजक उदयशमशेर राणाले थारू अब देशभरबाट जाग्नुपर्ने बेला आएकाे बताए। उनले भने, “थारूहरु तराइका किसान र इमानदारीपूर्वक काम गर्ने पाैरख गर्ने कर्मठ समुदाय भएकाे भन्न पाउँदा गर्व लागेकाे छ”।

यस्तै कांग्रेस केन्द्रीय सदस्य याेगेन्द्र चाैधरीले थारूलाई अब पनि सदनदेखि सडकमा साथ दिने कांग्रेस नै रहेकाे दाबी गरे।

कार्यक्रममा काठमाडौं जिल्लाका नवनिर्वाचित अध्यक्ष राजिव चाैधरीले जेनजी युवा पुस्ताकाे सवालमा सक्रिय भएर लाग्ने र न्यायमुलक अनि समतामूलक सहभागीता गराउने प्रतिवद्ता व्यक्त गरे। ” अब युवा पुस्तामा चेतनाकाे दीप बाल्ने र थारुकाे मुद्दामा बाेल्न सक्ने युवाहरु जरूरी छ,’ उनले भने,” रूढीबादी र विभेदकारीबाट सशक्तीकरण ल्याउन जरूरी छ।”

नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल थारू संघकाे केन्द्रीय अध्यक्ष शिव कुमार गुराैं, निर्वाचन समिति संयाेजक महेश्वर प्रसाद चाैधरी, ललिता चाैधरीले प्रमाणपत्र र अबिर लगाई बधाई तथा शुभकामना दिएका थिए।