बडिमालिका पूजाका लागि कालीकोटबाट सरकारी टोली प्रस्थान


मान्म (कालीकोट(, १६ साउन । बडिमालिका पूजाका लागि कालीकोटबाट सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोली आज पूजाको डोली बोकेर कालीकोटको सरकारी टोली कालीकोट र बाजुरा सिमानामा पर्ने बडिमालिका मन्दिर प्रस्थान गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका खरिदार लक्ष्मीरुद्ध धितालको नेतृत्वमा १० जनाको सरकारी टोली, मुख्य पुजारी हरिकृष्ण धमलासहित तीन जना पुजारी र अन्य स्थानीय बडिमालिका प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय अगाडिको मन्दिरमा पूजा गरेर बडिमालिका यात्रा सुरु भएको हो । परम्परादेखि नै यो चलन चलिआएको छ । स्थानीयले आफ्नो मनको इच्छा पूरा हुने आसमा ध्वजा, अक्षता नासो पठाएका छन् । हरेक वर्ष श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) मा बडिमालिका मन्दिरमा पूजाआजा गर्ने प्रचलन छ । रासस