काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट सुरु भएको स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रीय कमिटी दशैंपछि बोलाउनेगरि प्रस्ताव राखेका छन् । अध्यक्ष प्रचण्डले दशैं र तिहारको बीचमा केन्द्रीय कमिटीको बैठक बोलाउन प्रस्ताव राखेका हुन् ।
अध्यक्ष प्रचण्डले आज समसामयिक राजनीतिक विषयमा समेत स्थायी कमिटीमा ब्रिफिङ गरेका थिए । उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रुपमा पार्टीको बारेमा बोलेको विषयमा दाहालले असन्तुष्टि पोखेका थिए । उनले विषयहरु भए पार्टीको फोरममा राख्न सुझाएको बैठकमा सहभागी एक नेताले रिपोर्टर्स नेपाल डटकमसँग भने ।
उनले केन्द्रीय कमिटीको बैठकको मिति तोक्ने विषयमा सबैको धारणा आएपछि एउटा निश्कर्षमा पुगिने र त्यहीअनुसार मिति तोकिने सम्भावना रहेको बताए । बैठक तीन दिनसम्म चल्ने बताईएको छ । नेताहरुलाई बोल्नको लागि १५ मिनेटको समय तोकिएको छ । file photo




प्रतिक्रिया