काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले माओवादी पार्टी कुनैपनि हालतमा नफुट्ने दाबी गरेका छन् । उनले भने,”लेखेर राख्नुहोस, हाम्रो पार्टी फुट्दैन । प्रचण्डले कसैलाई पनि पार्टीबाट निकाल्नुहुन्न । अहिलेसम्म कसैलाई निकालेको पनि छैन । यो पार्टीमा एक चोटी होईन, एक हजार एक चोटी प्रश्न उठाउँदा कारबाही गर्छ भनेपनि हामी यो पार्टी छोड्दैनौं । यो हाम्रो पार्टी होईन ?”
उनले आफूहरु माओवादी छोडेर कतै नजाने दाबी गरेका छन् । आफूहरुको त्याग, संघर्ष र ठूलो संख्यामा युवाहरुको बलिदानीबाट जन्मिएको पार्टी भएकोले कुनैपनि हालतमा माओवादी विभाजन नगर्ने स्पष्ट पारेका छन् । उनले पार्टी विभाजन गर्न लागेको भनेर लगाईएको आरोप नै गलत भएको तर्क गरे ।
आज (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । हिजो माओवादीमा दोस्रो, तेस्रो र चौथो हैसियतमा बसेका बाबुराम, बैद्य र विप्वलवहरुले पार्टीभित्र अन्तरसंघर्ष भयो भनेर प्रचण्डको टाउकोमा दोष थुपारेर भाग्न नहुने थियो भन्ने किरातीको मत छ ।




प्रतिक्रिया