काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ । हिजोबाट सुरु भएको बैठक भोलि सम्पन्न हुने भनिएको छ ।
तर, नेताहरुले बोल्ने क्रम लम्बिएकोले बैठक एक दिन लम्बिने बुझिएको छ । अध्यक्ष पुष्पकमल दाहालले हिजो बैठकमा राखेको प्रस्तावमाथि छलफल जारी छ । स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले दशैं र तिहारको बीचमा केन्द्रीय कमिटी बैठक बोलाउने प्रस्ताव गरेका छन् ।
बैठकमा उपमहासचिव जनार्दन शर्माको पछिल्लो भूमिका र अभिव्यक्तिलाई लिएर अध्यक्ष प्रचण्डले आलोचना गरेका थिए । नेताहरुले पनि शर्माको अभिव्यक्तिको विषयमा बोल्ने बुझिएको छ ।




प्रतिक्रिया