काठमाडौं, १७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीको उदयपुरको त्रियुगा नगरपालिकामा नगर अधिवेशन भएको छ । पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झाको उपस्थितिमा आज नगर अधिवेशनको उद्घाटन भएको हो ।
रास्वपा यतिवेला देशव्यापी रुपमा सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसको विरुद्धमा हस्ताक्षर अभियानमा पनि छ । अहिलेसम्म करिब ३० लाखको हस्ताक्षर जुटेको भनिएको छ । रास्वपाले हिजोबाट खुला आँगन नामक साप्ताहिक भेटघाट कार्यक्रमसमेत आयोजना गरेको छ ।





प्रतिक्रिया