काठमाडौं, १७ साउन । पर्साको विरगञ्ज महानगरपालिका–३२ का लोकबहादुर सुनुवारको शव २ वर्षदेखि साउदी अरबमा अलपत्र परेको छ । २०७८ भदौम नाशा ह्युम रिसोर्स प्रा.लि.बाट रोजगारीका लागि साउदी पुगेका सुनुवारको करेन्ट लागी मृत्यु भएको थियो ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको परिवारले शव नेपाल ल्याइदिन, मृतकका परिवारलाई नियमानुसारको क्षतिपूर्ति उपलब्ध गराइदिन र दोषीमाथि कारबाहीको लागि पहल गरिदिन माग गरेको हो ।
परिवारका अनुसार साउदी अरबको जेहामा रहेको रोजगारदता मोर्डन कार वास कम्पनीमा काम गर्ने क्रममा इलेक्ट्रिक सर्ट भइ करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । घाइते भएका सुनुवारको त्यहाँस्थित हस्पिटल बेश जनरल जी–जानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
जेद्दास्थिति नेपाली महाबाणिज्य दुतावासले आफ्नो नागरिकलाई परेको समस्याको समाधान नगरेको पीडित परिवारको गुनासो रहेको छ । महाबाणिज्य दुतावासले आफ्नो नागरिकलाई परेको समस्याको समाधान गर्न छाडेर उल्टै कम्पनीको बचावट गरेको पीडित परिवारको भनाइ छ ।
मृतक सुनुवारको शव तत्काल नेपाल ल्याउन पहल गरिनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिनुपर्ने र कम्पनीमाथि छानविन गरी दोषी पाइएमा कारबाही गरिनुपर्ने पीडित परिवारको माग रहेको छ ।




प्रतिक्रिया