हिमानी कोषको कार्यक्रममा ज्ञानेन्द्र शाहदेखि हृदयेन्द्र शाहसम्म सहभागी, शाह परिवार एकसाथ सार्वजनिक कार्यक्रममा (फोटोफिचर)


काठमाडौं, १७ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहको सपरिवार नै सार्वजनिक कार्यक्रममा सरिक भएको छ । हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आज (शनिबार) आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारका सदस्यहरुसहित सहभागी भएका हुन् । उक्त कार्यक्रममा भर्खरै जुम्ला घुमेर फर्किएका पूर्व नवयुवराज हृदयेन्द्र शाह पनि पुगेका छन् । उनको जुम्ला भ्लग यतिवेला चर्चामा छ । युवा पुस्ताले औधी रुचाएको छ ।

हिमानी कोषले स्वदेश फर्क स्वदेशै स्वर्ग भन्ने मूल नाराका साथ इभेन्ट आयोजना गरेको छ । आफ्नो देश आफ्नो मातृभूमिप्रतिको दायित्व र कर्तब्यलाई सम्झेर देशमै सीप, ऊ‌द्योग, व्यवसाय गर्न चाहने युवाहरुलाई ब्रेन ड्रेन टु ब्रेन गेन कार्यक्रम भइरहेको कोषले जनाएको छ ।