इन्द्र बानियाँलगायतले बहादुरसिंह नेतृत्वको सरकार ढाल्नुको औचित्यता पुष्टि गर्न सक्नुपर्छः कुन्दनराज काफ्ले (भिडिओसहित)


काठमाडौं, १८ साउन । बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्लेले नेपालको इतिहासमा पहिलोचोटी अविश्वासको प्रस्ताव पेश गरेर दलको नेतालाई हटाएर सरकार ढालिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै अब इन्द्र बानियाँलगायतले दलको नेता हटाएर सरकार ढाल्नुको औचित्य पुष्टि गर्न सक्नुपर्ने बताए ।

नेता काफ्लेले बागमतीमा सिङ्गो कांग्रेस लागेर हतारमा बहादुरसिंह लामालाई हटाउने षड्यन्त्र भएको उनले बताए । एक दुई पटक छलफल गरेको अवस्थामा बहादुरसिंहले राजीनामा दिएर मार्गप्रशस्त गर्ने अवस्था रहँदा रहँदै पनि उनलाई हटाउने केन्द्रीय नेतृत्वदेखि सिंगो कांग्रेस लागेको उनले बताए ।

‘अहिले इतिहासमै नभएको । नेपाली कांग्रको इतिहासमा यो पहिलो रेकर्ड हो । यसरी अविश्वासको प्रस्ताव राखेर रातारात हटाउनुपर्ने ? दुई चार दिन छलफल गरेको भए बहादुरसिंह लामाले राजीनामा दिनुहुन्थ्यो नि । तर, यसरी रातारात हटाएर, सिंगो कांग्रेस लागेर हटाउनुपर्ने कारणको चाहिँ अध्ययन गर्नुपर्छ,’– उनले भने ।