काठमाडौं, १८ साउन । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी ०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने लक्ष्य राखेको बताएका छन् । एकल बहुमत ल्याउने लक्ष्यसहित विधान संशोधन प्रस्ताव ल्याईएको बताएका हुन् । गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको राष्ट्रिय नारा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को अभियानलाई सफल बनाउन मिसन र भिजनसहितको सबल नेतृत्व आवश्यक रहेको बताए । पोखरेलले जनताले विश्वास गरिसकेको पार्टीलाई अब अत्यधिक बहुमतले स्वीकार्ने वातावरण बनाउन विशेष ध्यान दिन जरूरी रहेको धारणा राखेका थिए ।




प्रतिक्रिया