सांसद डा. सुनिल शर्माद्वारा बेलबारी नगर अस्पताल भवन उद्घाटन (फोटोफिचर)


काठमाडौँ, १८ साउन । बेलबारी नगरपालिका–१ मा सञ्चालनमा रहेको नगर अस्पताल अब बेलबारी–४ बुधबारेमा सरेको छ। शनिबार बिहान आयोजित एक कार्यक्रमबीच मोरङ क्षेत्र नं. ३ का संघीय सांसद डा. सुनिल शर्माले अस्पतालको नयाँ भवन उद्घाटन गरेका हुन्।

अबदेखि नगर अस्पतालको सम्पूर्ण सेवा बेलबारी–१ मा नभई बेलबारी–४ बुधबारेबाट प्रदान गरिने अस्पताल प्रसाशनले जनाएको छ। आइतबारदेखि अस्पतालको सेवा नयाँ स्थानबाट औपचारिक रूपमा सुरु हुने भएको हो।