काठमाडौं, १८ साउन । ‘कुलिङ पिरियड’ छेडखानीबारे छानबिन गर्न बनेको समितिको म्याद आज सकिँदैछ । समितिले भोलि यस प्रकरणामा प्रतिवेदन बुझाउने भएको हो । संघीय निजामती सेवासम्बधी विद्येयकमा राखिएको कुलिङ पिरियडमा छेडखानी भएपछि यो विषय सदनमा गम्भीरताका साथ उठेको थियो । यस प्रकरणमा कसले बदमासी गरेको हो भनेर कुरा उठेपछि जीवन परियारको नेतृत्वमा छानबिन समिति गठन भएको हो ।
समितिको म्याद आजै सकिँदैछ । समितिले छानबिन सकाएर प्रतिवेदनसमेत तयार पारेको बताईन्छ । यसमा सामान्य मानवीय त्रुटि नभएर नियतवश नै प्रावधान घुसाएर गोलमाल गरिएको समितिको साझा निश्कर्ष छ । छानबिन समितिमा समितिका संयोजक परियारसाथै कांग्रेसबाट सुशीला थिङ, एमालेबाट ईश्नवरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेशप्रसाद पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य छन् ।




प्रतिक्रिया