लागूऔषध कारोबारी पक्रिन प्रहरीले चलायो गोली


काठमाडौं, १८ साउन । प्रहरीले सप्तरीमा गोली चलाएर लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिबिरपुर–१ का विशाल राय र डाक्नेश्वरी–७ का मनोज राय रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । पक्राउ परेका आरोपितहरुको साथबाट करिब २ सय ग्राम खैरो हेरोइन बरामद भएको बताइएको छ ।