तरकारी खेतीका लागि जमिन तयार पार्दै


म्याग्दी, १८ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थी तरकारी खेतीका लागि जमिन तयार पार्दै ।

विद्यार्थीलाई तरकारी खेतीसम्बन्धी व्यावहारिक ज्ञान सिकाउने, दिवाखाजा र छात्रावासका लागि आवश्यक तरकारी विद्यालयमै उत्पादन र बिक्री गरेर विद्यालयको कोष वृद्धि गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको सहयोगमा दुई रोपनी जग्गा भाडा लिएर तरकारी खेती गरेका छन् । तस्बिरः सन्तोष गौतम÷रासस