काठमाडौं, १८ साउन । परराष्ट्र मामिलाका जानकार डा. निश्चलनाथ पाण्डेले सुरक्षाको विषयमा भारत सरकार संवेदनशील हुँदै गएको टिप्पणी गरेका छन् । उनले भारतको संविधानबाट धारा ३७० हटाएपछि जम्मु र कश्मिरमा पर्यटन, लगानी बढ्दै गएकोले अहिले नेपाली युवाहरु पनि रोजगारीको लागि जम्मु कश्मिरमा जान थालेको बताए । सो क्रममा कश्मिरमा आतंकवादी हमला हुँदा वा उत्तराख(डमा बाढी आउँदा नेपाली नागरिक नै मारिने गरेको तथ्यसमेत उजागर गरेका थिए ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले ‘नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण’ को विषयमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा जाँदा स्थलमार्गबाट जान सुझाएका छन् ।
उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यूले भारत भ्रमणमा गर्दा स्थलमार्गबाट गरे उत्तर प्रदेशमा रेल र सडक सञ्जालको तिव्र विकासको अवलोकन गर्नसक्नुहुन्थ्यो ।’ उनले नेपाल र भारतबीच राजनीतिक, धार्मिक, सांस्कृतिक, शैक्षिक र आर्थिक सम्बन्ध अत्यन्तै नजिक रहेको उल्लेख गर्दै भ्रमणअघि नै द्धिपक्षीय संयन्त्रहरुलाई क्रियाशिल बनाउन सरकारलाई सुझाव दिए ।




प्रतिक्रिया