निर्णायक भूमिकामा कांग्रेस-एमालेका नेताहरु छैनन्, विचौलियाहरु छन्ः उपेन्द्र यादव


काठमाडौं, १८ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले निर्णायक भूमिकामा कांग्रेस–एमालेका नेताहरु नभएर विचौलियाहरु रहेको बताएका छन् । संघीय लोकतान्त्रिक मोर्चाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले अहिले कांग्रेस–एमालेको सरकार भए पनि निर्णय भने विचौलियाहरुले गर्ने गरेको बताएका हुन् ।

‘भ्रष्टाचार नियन्त्रणको कुरा छोड्दिऊँ । अहिले देशैको हरेक निर्णायक भूमिकामा को छ ? कांग्रेस–कम्युनिष्टका नेताहरु छैनन् । निर्णायक त अहिले देशमा विचौलियाहरु भएका छन् । विचौलियाहरु, ब्रोकरहरु निर्णायक भएका छन् ।

सुशासन, आर्थिक सम्वृद्धि, डेलिभरीलगायतको दृष्टिकोणले यो सरकार पूर्ण रुपमा असफल भइसकेको उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कमिटमेन्ट गरेको संविधान संशोधनको एजेण्डाबाट उनी पछाडि हटेपछि आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि नेता यादवले बताए ।

‘प्रधानमन्त्रीले भन्नुभयो– अब २०८७ मा हुन्छ संविधान संशोधन । अहिले संविधान संशोधन हुन्छ भनेर सरकार बनाउने, अब ०८७ मा हुन्छ रे । चारै क्षेत्रमा असफल भइसकेको छ । अब यो असफल भइसकेको, आफैंले गरेको प्रतिवद्धतालाई पालना नगरेको सरकारलाई हामीले साथ दिन सक्दैनौं । यो दुई तिहाइ पुर्याइदिनु पनि काम आएन भनेर हामी पछाडि हट्यौं,’– उनले भने ।